गृहपृष्ठ भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न बीमा अभिकर्तालाई प्राधिकरणको चेतावनी

भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न बीमा अभिकर्तालाई प्राधिकरणको चेतावनी

भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न बीमा अभिकर्तालाई प्राधिकरणको चेतावनी

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको व्यवसायमा प्रतिकूल असर पर्ने गरी गलत, भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न बीमा मध्यस्थकर्तालाई निर्देशन दिएको छ ।

विभिन्न बीमा कम्पनी तथा संस्थाको व्यवसायमा असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार भइरहेको भन्दै प्राधिकरणमा उजुरी तथा गुनासो प्राप्त भएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले बीमा अभिकर्ता सम्बन्धी निर्देशन, २०६३ को दफा १९ अन्तर्गत रहेको बीमा अभिकर्ताको आचारसंहिताको अनुसूची–१ को २ (ज) मा भ्रामक प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था रहेको जनाएको छ ।

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु