गृहपृष्ठ एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’
एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरको नगरकोटमा नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन गरेको छन् ।
चाँगुनारायण नगरपालिका–८ चरेलीस्थित रिसोर्टमा आयोजना गरेको कार्यशालाको उद्घाटन गर्दै उहाँले एमाले कमजोर भए देश कमजोर हुने बताए । अध्यक्ष ओलीले देश सङ्कटमा गुज्रिदै गएको अवस्थामा पार्टीलाई बलियो बनाएर अगाडि जान सकेमात्रै देश बलियो हुने बताउँदै पार्टी कमजोर बनाउन खोज्ने तत्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने बताए ।
व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउँदै पार्टीलाई बलियो बनाउन जनसङ्गठन एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
देश र जनताको हितमा सरकार लाग्नुपर्ने औँल्याउदै उनले प्रतिपक्षले खबरदारी गरिरहने बताए । दुईदिने कार्यशालाले पार्टी र देशलाई बलियो बनाउने सन्देश दिन उहाँले आग्रह गरे । कार्यक्रममा अध्यक्ष ओलीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर र एमालेबाट शपथ लिएका दुई मन्त्रीलाई सम्मान गरे ।
सो अवसरमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई एकढिक्का बनाएर लैजान सबै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा संयोजक भानुभक्त ढकाल, एमाले सचिव महेश बस्नेतलगायत १५० जना नेताहरूको कार्यशालामा सहभागिता रहेको छ । कार्यशाला आइतबार सम्पन्न हुनेछ ।
प्रकाशित समय : १७:५६ बजे


















