हिन्दी तथा नेपाली भाषामा गीत गाएर बलिउडका चर्चित प्लेब्याक सिंगर शान्तनु मुखरजी (शान) सांगीतिक प्रस्तुति दिन नेपाल आएका छन् । उनी शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन् । शनिबार उनले नेपालकै सबैभन्दा ठूलो इन्डोर इभेन्ट भेन्यु ‘क्लब नोभा’ मा आफ्ना गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिनेछन् ।