जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते
वि.सं.२०८३ भदौ ५ शुक्रवार ११:१६
shares

डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहरा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


























