काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाजुराको ताम्सु पहिरो प्रभावितलाई सरसफाई तथा स्वच्छता सामाग्री वितरण

1.49K
shares

बाजुरा । बाजुराको ताम्सु पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । जिल्लाको त्रिवेणी नगरपालिका—९ ताम्सुमा पहिरोबाट प्रभावित ५८ परिवारलाई राहत तथा सरसफाइ सामग्री वितरण गरिएको हो ।

२०८३ साउन २८ गते राति परेको अविरल वर्षाका कारण त्रिवेणी नगरपालिका—९ ताम्सुमा पहिरो गएको थियो । पहिरोमा परी दुईवटा घर पुरिएका थिए । भने २० बर्षिया प्रतिक्षा थापाको मृत्यु भएको थियो । साथै दुई जना घाईते भएका थिए ।

विपद्पछि प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्लान इन्टरनेशनल नेपाल, पीसविन नेपाल तथा महिला विकास मञ्च, बाजुराको सहकार्यमा राहत सामग्री उपलब्ध गराइएको हो ।

क्षतिको विवरण,प्रभावित परिवारको अवस्था र वडा तथा पालिकाको सिफारिसका आधारमा प्रभावित परिवार पहिचान गरि सामाग्री वितरण गरिएको हो । राहत स्वरुप पहिरो प्रभावित ५८ वटै परिवारलाई प्रति परिवार १६ प्रकारका सरसफाइ तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामाग्री प्रदान गरिएको पिसवीन नेपालले जनाएका छ ।

साथै ५८ परिवार मध्ये गर्भवती महिला वा एक वर्षमुनिका बालबालिका भएका ८ परिवारलाई थप २० प्रकारका मर्यादित सामग्री वितरण गरिएको हो । सबैभन्दा बढी प्रभावित थप २ परिवारलाई मर्यादित सामग्रीसँगै किचेन सेट समेत उपलब्ध गराइएको थियो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा लगायतको सहभागिता रहेको थियो।पहिरो पश्चात् पुरै ताम्सु गाउँ जोखिममा परेको छ । प्रभावित घर परिवारलाई विभिन्न ठाउँबाट राहत सामाग्री उपलब्ध हुने क्रम जारी छ ।

पहिरो प्रभावितको त्रिपालमुनी बास

ताम्सु पहिरो प्रभावितको अहिले त्रिपालमुनी बास भएको छ । पहिरोको जोखिममा रहेका बस्तीका २३५ जना विस्थापित भएका छन् । विस्थापित परिवार अहिले राहतको पर्खाइमा छन् ।

नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाद्धारा पहिरो प्रभावितहरुलाई तत्काल अस्थायी रुपमा आवास ब्यवस्थापनका लागि ६१ थान त्रिपाल र २ थान टेन्ट उपलब्ध गराईएको छ । २ जना परिवारलाई तत्काल टेन्ट तयार गरी ब्यवस्थापन गरिएको छ ।

उच्च जोखिममा रहेको बस्तीका २३५ जना सडक, सहकारी भवन र विद्यालय छेउमा त्रिपाल टाँगेर बसिरहेको वडाध्यक्ष नन्दबहादुर थापाले बताए । उनका अनुसार, पहिरोबाट जनधनको क्षती हुँदा बर्षातको समयमा पिडित परिवारलाई समस्या भएको जानकारी दिए ।

पहिरोबाट प्रभावित बनेका ५८ परिवारको अन्नपात र लत्ताकपडा सुरक्षित राखे पनि घरहरु क्षति बनाएका परिवारलाई नगरपालिकाले खाद्यान्न, भाँडाकुाडा र ओढ्ने ओछ्याउने कपडा उपलब्ध गराएको हो।अहिले कसैलाई सहकारी भवन,विद्यालय तथा सडकमा त्रिपाल टाँगेर बसाईएका छन् ।

पहिरोमा पुरिएर मृत्यु भएकी २० बर्षीया प्रतिक्षा थापाको परिवारलाई नगरपालिकाबाट दुई लाख रुपैयाँ राहत दिने निर्णय भएको नगरप्रमुख कर्णबहादुर थापाले बताए । ताम्सु गाउँको विभिन्न भागमा पहिरो गएकाले स्थानीयले गाउँमा बस्न सक्ने अवस्था नभएको उनको भनाई छ । जिल्लामा लगातार वर्षा भईरहेकोले सबैलाई सुरक्षति हुन आग्रह समेत गरिएको छ ।