गृहपृष्ठ काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार र आइतबार रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडर तथा स्थानहरूमा भूमिगत केबल जडान, चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मतको काम गर्नुपर्ने भएकाले आपूर्ति बन्द हुने जनाएको हो ।
शनिबार भीमसेनस्थान फिडरअन्तर्गतका टेकु, १२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ वडा कार्यालय, १२ वर्षे इनार, पलान्चोक भगवती तथा आसपासका क्षेत्रहरूमा बिहान ८ देखि दिउँसो २ बजेसम्म बत्ती बन्द हुने जनाएको छ ।
यसैगरी, आज डिल्लीबजार फिडरअन्तर्गतका कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा बिहान १२ देखि दिउँसो ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ।
यस्तै, साउन २४ गते आइतबार लाजिम्पाट फिडरअन्तर्गतका लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, ¥याडिसन होटेल, लाजिम्पाट मेन रोड तथा आसपासका क्षेत्रहरूमा बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
प्रकाशित समय : ०९:५० बजे


















