गृहपृष्ठ प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
चिकित्सा शिक्षा आयोगको बैठक
काठमाडौँ, १३ साउनः
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको चिकित्सा शिक्षा आयोगको २७औँ बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग छलफल गरिरहेको छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी रहेको छलफलमा समसामयिक राजनीति र प्रदेशको विकास निर्माणका सम्बन्धमा सांसदहरूले धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसँगको छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र सिंह महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी थिए ।
प्रकाशित समय : १२:२२ बजे


















