global ime bank Long Banner Ad

गृहपृष्ठ सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ ।जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसाका घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर भई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

जेनजी मुभमेन्ट अभियानका प्रवक्ता विजय शाहद्वारा आज जारी प्रेस विज्ञप्तिमा सुनसरीमा भएको हिंसात्मक घटनासहितका विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ ।

नागरिकको जीवन, स्वतन्त्रता र सुरक्षाको रक्षा गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै विज्ञप्तिमा संविधान, कानुन, शान्ति, न्याय, विधिको शासन तथा लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा दृढ रहन सबैसँग आग्रह गरिएको छ ।

विज्ञप्तिमा विद्यमान घटनाका सम्बन्धमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न तथा अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्न र दोषी देखिएकामाथि कारबाही गर्न आग्रह गरिएको छ ।

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु