गृहपृष्ठ पाँच सय सात परिवारलाई धुवाँरहित चुलो वितरण
पाँच सय सात परिवारलाई धुवाँरहित चुलो वितरण
चितवन । राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । राप्ती नगरपालिकासँग सहकार्य गरी सपना भिलेज सोसियल इम्प्याक्टले सङ्ख्यामा धुवाँरहित चुलो वितरण गरेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए।
नगरपालिकामा ४०५ र समुदायसँगको सहकार्यमा १०२ चुलो वितरण गरिएको उनले बताए । विगत दुई वर्षदेखि सपना भिलेजले धुवाँरहित चुलो वितरण गर्दै स्वच्छ खाना पकाउने अभ्यासलाई प्रोत्साहन, दाउराको प्रयोगमा कमी तथा कार्बन उत्सर्जन घटाउने अभियान सञ्चालन गर्दै आएको छ ।
धुवाँरहित चुलोले स्वस्थ परिवार, हराभरा वन, स्वच्छ वातावरण र दिगो भविष्य निर्माणमा योगदान गर्ने अध्यक्ष गिरीले बताए। संस्थाले यसअघि इच्छाकामना गाउँपालिका सहित कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा चुलो वितरण गरिसकेको जनाइएको छ ।
प्रकाशित समय : १०:१९ बजे


















