गृहपृष्ठ वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी
वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी
छलफल तथा वृक्षरोपण कार्यक्रममा मन्त्री चौधरी
जनकपुरधाम, १० साउनः
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी धनुषाको धनुषाधाम नगरपालिकास्थित सव(डिभिजन वन कार्यालयमा आइतबार आयोजित छलफल तथा वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः राजु विश्वकर्मा÷रासस
जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि, जल, जङ्गल र जमिनको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छन् ।
धनुषाको धनुषाधाम नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षरोपण कार्यक्रममा उनले वन र पर्यावरणको संरक्षणबिना मानव अस्तित्व नै सङ्टमा पर्ने उल्लेख गर्दै प्राकृतिक स्रोतको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
मन्त्री चौधरीले सडक पूर्वाधारको विकासले मात्र देश समृद्ध नबन्ने उल्लेख गर्दै कृषि, वन, जल, जमिन र वातावरण संरक्षणसँगै समग्र विकासमा जोड दिनुपर्ने धारणा राखे । देश निर्माणका लागि सबै क्षेत्रको सन्तुलित विकास आवश्यक रहेको उनको भनाइ थिए ।
बाल्यकालदेखि ‘हरियो वन नेपालको धन’ र ‘नेपाल कृषि प्रधान देश हो’ भन्ने सुन्दै आए पनि कृषि र वन क्षेत्रले अपेक्षित प्राथमिकता नपाएको उल्लेख गर्दै उनले माटो सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै प्राकृतिक स्रोत संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए ।
प्रत्येक प्रदेशमा एक–एक वटा प्राणी उद्यान स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै मन्त्री चौधरीले सोही योजनाअनुसार मधेस प्रदेशमा पनि प्राणी उद्यान निर्माण गरिने बताए ।
उनले सङ्घ र प्रदेश सरकार एउटै राज्य संरचनाका अङ्ग भएकाले आपसी समन्वय र सहकार्यबाट अघि बढ्नुपर्नेमा जोड दिँदै मधेस प्रदेशमा कृषि, वन र वातावरण संरक्षणका लागि सबैपक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए
प्रकाशित समय : १६:०५ बजे


















