काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आजको राशिफलः बिसं २०८३ साउन ८ गते शुक्रबार

1.64K
shares

आज बिसं २०८३ साउन ८ गते शुक्रबार, ई.सं. २०२६ जुलाई २४, ऋतु : वर्षा, अयन : दक्षिणायन, नेपाल संवत् ११४६ दिल्लाथ्व दशमी, आषाढ शुक्ल पक्ष, शुक्ल दशमी, नक्षत्र स् अनुराधा, चन्द्रमा वृश्चिक राशिमा, सूर्य कर्कट राशिमा, योग स् शुक्ल, करण : गर। आज नेपालमा सूर्योदय बिहान ५ः२३ बजे र सूर्यास्त साँझ ६ः५६ बजे हुनेछ।आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनुपरे तुलसीको पात चपाएर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ। कुनै महत्वपूर्ण कार्यको सुरुआत वा शुभ यात्राका लागि आज बिहान ६ः१३ बजेदेखि ९ः५४ बजेसम्मको समय शुभ मानिएको छ। यो समय नेपालको राष्ट्रिय समयअनुसार हो।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)झिनामसिना तथा घरेलु काममै अलमलिँदै दिन बित्न सक्छ। भान्साको काम गर्दा वा आगो तथा हातहतियारको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोस्। नयाँ विषयवस्तुबारे जानकारी हासिल गर्ने अवसर मिल्नेछ, तर कुनै पनि काममा हतार गर्नु हानिकारक हुन सक्छ। जोखिम र चुनौतीले घेरेको समय भएकाले धेरै प्राप्त गर्ने लोभ गर्दा मूलधन नै गुम्न सक्छ। त्यसैले महत्त्वाकाङ्क्षालाई नियन्त्रणमा राखी संयमतापूर्वक आफ्नो कामलाई निरन्तरता दिनु उचित हुनेछ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दाम्पत्य जीवन सुखद रहनेछ। गीत–संगीत, साहित्य तथा कलाप्रति रुचि बढ्नेछ। कल्पना र भावुकतामा धेरै समय बित्न सक्छ। सफलता प्राप्त गर्न केही बढी मिहिनेत आवश्यक पर्ने भएकाले मनोरञ्जन र खेलवाडभन्दा काममा ध्यान दिनु उचित हुन्छ। थालेको काम पूरा गर्ने प्रयास गर्नुहोस्, अन्यथा अपेक्षित परिणाम प्राप्त नहुन सक्छ।

मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ योजना सुरु गर्न अनुकूल समय छ। प्रयास गरे कार्यशैलीमा सकारात्मक परिवर्तन आउनेछ। सामाजिक तथा सामूहिक गतिविधिमा सक्रियता बढ्नेछ। रोकिएका काममा पुनः प्रयास गर्दा सफलता मिल्नेछ। सहकर्मी वा वरिष्ठको सहयोग प्राप्त हुनेछ। सामाजिक गतिविधिमा व्यस्त हुँदा प्रेम सम्बन्धमा भने केही वैचारिक मतभेद आउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)ईर्ष्या गर्नेहरूले प्रयास जारी राखे पनि तपाईंको बुद्धि र मिहिनेतले राम्रो परिणाम दिनेछ। व्यक्तित्व विकास तथा अध्ययनका अवसर प्राप्त हुनेछन्। साथीभाइसँगको सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ। घरपरिवार तथा आफन्तको सम्झनाले मन केही विचलित हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)वरिष्ठ वा हाकिमसँगको सम्बन्ध सुदृढ हुँदा विशेष लाभ मिल्नेछ। अतिरिक्त आम्दानीले तत्कालको आर्थिक आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउनेछ। व्यक्तित्व विकासका अवसर मिल्नेछन्। व्यवसाय तथा पेशागत जीवन सन्तोषजनक रहनेछ। नयाँ योजना र छोटो यात्राको सम्भावना पनि छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)बाध्यता र जिम्मेवारीका काममा व्यस्त रहनुपर्नेछ। नियमित तथा व्यवहारिक खर्च बढ्न सक्छ। वैदेशिक प्रयोजनका कामबाट लाभ हुने संकेत छ। अत्यधिक महत्त्वाकाङ्क्षाले समस्या निम्त्याउन सक्छ। जीवनसाथीको भावनाको कदर गर्नुहोस्, अन्यथा सम्बन्धमा तनाव आउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)व्यापार तथा कारोबारमा राम्रो प्रगति हुनेछ। रोकिएका काम पूरा हुनेछन्। जिम्मेवारी बढे पनि सफलता हात पर्नेछ। वैदेशिक अध्ययन वा यात्राको तयारी गरिरहनुभएको छ भने अनुभवी व्यक्तिको सुझाव उपयोगी हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)साझेदारीका काममा दौडधूप बढ्नेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। दाम्पत्य जीवनमा केही असमझदारी देखिए पनि पारिवारिक वातावरण सामान्य रहनेछ। गोप्य कुरा सार्वजनिक हुँदा अप्ठ्यारो पर्न सक्छ। मनोरञ्जन वा घुमफिरका लागि खर्च बढ्न सक्छ।

धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)आफ्नो क्षमतामाथि विश्वास राख्नुहोस्। मिहिनेतले असम्भवलाई पनि सम्भव बनाउन सक्छ। नयाँ उत्साह र उमङ्गले सफलता दिलाउनेछ। रोकिएका काम पूरा हुनेछन्। अनुभवको सही प्रयोगले प्रतिष्ठा र जिम्मेवारी दुवै बढ्नेछ। रिस र अहङ्कारबाट टाढा रहनु उचित हुन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)सानो विवादले ठूलो रूप लिन सक्ने भएकाले बोलीमा संयम अपनाउनुहोस्। आम्दानी बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा प्रशंसा पाइनेछ। नम्र व्यवहारले पारिवारिक सुख र शान्ति कायम रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)अनावश्यक आडम्बर र तर्कबाट टाढा रहनुहोस्। परिवारबाट शुभ समाचार प्राप्त हुनेछ। प्रतिस्पर्धा तथा विवादमा सफलता मिल्नेछ। मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ। हतारमा निर्णय नगर्नु नै राम्रो हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)शरीर स्फूर्त र मन प्रसन्न रहनेछ। लामो समयपछि आफन्त वा साथीभाइसँग भेटघाट हुने सम्भावना छ। कला, सिर्जना तथा अध्यात्मप्रति आकर्षण बढ्नेछ। जनसम्पर्क र नेटवर्किङबाट आम्दानीका नयाँ अवसर प्राप्त हुनेछन्। परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो दिन सकिन्छ।