global ime bank Long Banner Ad

गृहपृष्ठ निफ्राको नाफा २० प्रतिशत घट्यो, कर्जा लगानी भने बढ्यो

निफ्राको नाफा २० प्रतिशत घट्यो, कर्जा लगानी भने बढ्यो

निफ्राको नाफा २० प्रतिशत घट्यो, कर्जा लगानी भने बढ्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आर्थिक वर्ष २०८२/८३ को खुद नाफा करिब २० प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ९१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ५१ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको सञ्चालन मुनाफा पनि १९.८० प्रतिशत घटेर एक अर्ब ४१ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, ब्याज आम्दानी २३.८९ प्रतिशत घट्दै एक अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा झरेको छ। यसले बैंकको मुख्य आम्दानी स्रोतमा दबाब परेको देखिएको छ।

यद्यपि, कर्जा लगानी विस्तार भने निरन्तर रहेको छ। समीक्षा अवधिमा बैंकले ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक वर्षमा यो रकम २४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ थियो। निक्षेप संकलन पनि बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

बैंकको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने रिजर्भ तथा सरप्लस घटेर तीन अर्ब ७१ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ७१ पैसाबाट घटेर ४ रुपैयाँ ५७ पैसामा आएको छ। प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ २२ पैसा कायम रहेको बैंकले जनाएको छ।

निफ्राले आगामी दिनमा सम्पत्ति–दायित्व व्यवस्थापन, ब्याजदरको उतारचढाव, अन्तर्राष्ट्रिय आर्थिक तथा राजनीतिक अनिश्चितता, इन्धन र कच्चा पदार्थको मूल्यवृद्धि, अर्थतन्त्रको सुस्तता तथा नयाँ पूर्वाधार परियोजनामा बढ्दो प्रतिस्पर्धालाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ।

प्रकाशित समय : १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु