काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ह्याम्स अस्पतालले आईपीओ प्रस्ताव साधारणसभामा लैजाने, साउन २९ मा वार्षिक सभा

1.59K
shares

काठमाडौं । हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाउने भएको छ। कम्पनीले साउन २९ गते बस्ने वार्षिक साधारणसभामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।

कम्पनीका अनुसार साधारणसभा काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा दिउँसो २ बजे सुरु हुनेछ। सभामा आईपीओ निष्कासन तथा त्यसबाट संकलन हुने रकमको उपयोगसम्बन्धी प्रस्तावमाथि छलफल गरी अनुमोदन गर्ने कार्यसूची तय गरिएको छ।

आईपीओ निष्कासनका लागि आवश्यक व्यवस्था मिलाउन कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। नियामक निकायबाट कुनै सुझाव, संशोधन वा निर्देशन आए त्यसअनुसार आवश्यक परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत कार्यसूचीमा समावेश गरिएको छ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गर्नेछ। साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि निर्णयका लागि पेश गरिनेछ।

यसैगरी, सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पनि सभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ। आईपीओसम्बन्धी प्रस्ताव पारित भएपछि आवश्यक नियामकीय स्वीकृति लिएर सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाइनेछ।