global ime bank Long Banner Ad

गृहपृष्ठ बागमती प्रदेश सरकारबाट एमाले बाहिर

बागमती प्रदेश सरकारबाट एमाले बाहिर

बागमती प्रदेश सरकारबाट एमाले बाहिर

काठमाडौँ ।बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) का बाहिरिएको छ ।

एमालेका प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पत्रमार्फत मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आफ्नातर्फका मन्त्रीहरूको संयुक्त राजीनामा पेस गरेका हुन । प्रदेश सरकारहरूमा गठनबन्धन उलटपुलटबारे विभिन्न दलहरूबीच शीर्ष तहमा संवाद चलिरहेका बेला एमालेले बागमतीका सम्बन्धमा यस्तो निर्णय लिएको हो ।

नेता थपलियाको पत्रमा एमालेको निर्णय र वर्तमान रानीतिक परिस्थितिलाई दृष्टिगत गरी राजीनामा दिइएकाले आवश्यक संवैधानिक एवं कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

यही साउन ४ गते सो दलको काठमाडौँमा भएको बैठकले प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा छलफल गरेको थियो ।

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु