global ime bank Long Banner Ad

गृहपृष्ठ दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

रामेछाप । अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको भीषण बाढीले एक वृद्धलाई बगाएर बेपत्ता बनाएको छ भने जलविद्युत् आयोजनामा कार्यरत चार जना कर्मचारी जोखिमपूर्ण अवस्थामा फसेका छन् ।

गौरीशंकर गाउँपालिका–९ का स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई गए राति करिब ११ बजेतिर आएको बाढीले बगाएर बेपत्ता बनाएको हो ।

वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार बाढीका कारण सिप्रिङ खोला जलविद्युत् केन्द्रमा कार्यरत सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ दुई खोलाको बिचमा फसेका छन्। उनीहरू सुरक्षित स्थानमा जान नसक्ने अवस्थामा रहेकाले तत्काल उद्धार आवश्यक भएको उनले बताए ।

बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा समेत क्षति पु¥याएको छ। खोलाले दुवैतर्फको जमिन कटान गरेपछि आयोजनास्थल थप जोखिममा परेको र त्यहाँ रहेका कर्मचारीहरू उद्धारको प्रतीक्षामा रहेको जनाइएको छ ।

वडा अध्यक्ष शेर्पाका अनुसार सिप्रिङ खोलामा अझै पनि लगातार बाढी आइरहेकाले उद्धार कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको छ । मौसममा सुधार नआएसम्म उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न चुनौती रहेको उनले बताए ।

स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले बेपत्ता वृद्धको खोजी र जोखिममा परेका चार जनाको सुरक्षित उद्धारका लागि आवश्यक समन्वय भइरहेको जनाएको छ । लगातारको वर्षाका कारण दोलखाका नदी तथा खोलामा जल स्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

प्रकाशित समय : १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु