global ime bank Long Banner Ad

गृहपृष्ठ झलनाथ खनालले केन्द्रीय संयोजन समितिको बैठक बोलाउन मागं।

झलनाथ खनालले केन्द्रीय संयोजन समितिको बैठक बोलाउन मागं।

झलनाथ खनालले केन्द्रीय संयोजन समितिको बैठक बोलाउन मागं।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय संयोजन समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।

जटिल अवस्थामा पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउन मांग गरेका हुन् ।

“आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रूपले छलफल गरियोस् र क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेशसभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाइयो नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृतिलाई रोकियोस् र आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाउनु परने ।”

नेपालका सबै कम्युनिस्ट र वामपन्थीहरूले यो साँठगाँठको नभई सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रुपान्तरण गर्ने बेला रहेको भन्ने कुरा बुझ्नुपर्ने उनको भनाइ छ । दक्षिणपन्थी शक्तिहरूसँग साँठगाँठ गरेर कम्युनिस्ट पार्टीको प्रतिष्ठामा अझ बढी आँच पुर्‍याउने खतरा देखा परेको उनले बताएका छन् ।

 

प्रकाशित समय : १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु