global ime bank Long Banner Ad

गृहपृष्ठ हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

काठमाडौं । हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको अभियोगमा मादी नगरपालिका—४ डाँडागाउँ बस्ने चैनपुर नगरपालिका—७ घर भएका ५६ वर्षीय अमर बहादुर सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा अमर बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी फुलमायाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे मादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु