global ime bank Long Banner Ad

गृहपृष्ठ मिटरब्याजीलाई अदालतले छोडे आत्मदाह गर्ने पीडितको चेतावनी (भिडियो सहित)

मिटरब्याजीलाई अदालतले छोडे आत्मदाह गर्ने पीडितको चेतावनी (भिडियो सहित)

मिटरब्याजीलाई अदालतले छोडे आत्मदाह गर्ने पीडितको चेतावनी (भिडियो सहित)

जनकपुर । जनकपुरधाममा मिटरब्याज पीडितले आत्मदाह गर्ने चेतावनी दिएका छन् । शुक्रबार जिल्ला अदालत धनुषा अगाडी प्रर्दशन गर्ने क्रममा मिटरब्याज पीडितहरुले आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

हिजो जनकपुरधामका तीन जना मिटरब्याजी पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.१६ बस्ने हरेराम साह, निजको आमा रेखा कुमारी साह र निजको काका गोपाल साह रहेका छन् ।

उनीहरुले १०० जना भन्दा बढीसंग तमसुक बनाएर जमिन बेचेको, पैसा तिरे पनि जमित फिर्ता नगरेको, लेखिएको भन्दा बढी पैसा लिएको, घरबारबिहीन बनाएको लगायतका आरोपहरु छन् ।

पक्राउ परेका तीनै जनालाई आज जिल्ला अदालतबाट म्याद थप गर्न लगिएको बेला पीडितहरुले अदालत परिसर बाहिर नाराबाजी तथा प्रदर्शन गरेका छन् । उनीहरुले पक्राउ परेका मिटरब्याजीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले पैसाको बलमा मिटरब्याजीहरु बाहिर निस्कन सक्ने भन्दै उनीहरुलाई कुनै पनि हालतमा नछाड्न अदालतसंग माग गरेका छन् । उनीहरुले अदालतले कुनै कारण देखाएर मिटरब्याजीहरुलाई रिहा गरे आफूहरु आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित समय : १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु