global ime bank Long Banner Ad

गृहपृष्ठ उपसभामुख नेतृत्वको टोली चीनतर्फ

उपसभामुख नेतृत्वको टोली चीनतर्फ

उपसभामुख नेतृत्वको टोली चीनतर्फ

काठमाडौँ। प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको न्याङ्ग्ची सहरमा हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तरर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागिता हुन आज त्यसतर्फ प्रस्थान गरेक। छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी साउन १ गतेसम्म हुने उक्त कार्यक्रममा उपसभामुखले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणमा क्रममा सिजाङस्थित लिन्ची सहरमा कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङबीच उनको भेटवार्ता हुने कार्यक्रम छ । उक्त प्रतिनिधिमण्डल आगामी साउन ४ गते स्वदेश फर्कनेछ ।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु