global ime bank Long Banner Ad

गृहपृष्ठ विपन्न विद्यार्थी पढाउन अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना

विपन्न विद्यार्थी पढाउन अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना

विपन्न विद्यार्थी पढाउन अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना

तुलसीपुर । विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राज्यकोषबाट आफूलाई प्राप्तहुने तलबभत्ताबाट अक्षयकोष स्थापना गरेको छ ।

आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि एक लाख एक हजारको अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

आफूलाई मासिक रुपमा प्राप्त हुने रु ३३ हजारबाट अक्षयकोष स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष विष्टले भने, “ अभिभावकविहीन, विपन्न विद्यार्थी आर्थिक अभावका कारण आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष खडा गरेको हुँ ।”

प्रकाशित समय : ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु