गृहपृष्ठ पाकिस्तान बाट रिहा भएका १४७ जना अफगान नागरिक स्वदेश फिर्ता
पाकिस्तान बाट रिहा भएका १४७ जना अफगान नागरिक स्वदेश फिर्ता
पाकिस्तानको नजरबन्द बाट रिहा भएका १४७ जना अफगान नागरिकहरु स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
मन्त्रालयका अनुसार फर्केका मध्ये १२५ जना तोरखाम सीमा पार गरेर अफगानिस्तान प्रवेश गरेका थिए भने २२ जना स्पिन बोल्डक सिमा हुँदै प्रवेश गरेका आएका थिए ।
पाकिस्तानमा कानुन बमोजिम कागजात नभएको र आवास अनुमति सकिएको कारण ती व्यक्तिहरूलाई हिरासतमा लिइएको मन्त्रालयले जनाएको छ । उनीहरू फर्किएसँगै आवाश्यक मानवीय सहायता प्राप्त उनीहरूको गृह प्रान्तमा लगिएको थियो जनाइएको छ । रासस
प्रकाशित समय : १५:४४ बजे



















