काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दिपक भट्ट र सुलभ अग्रवाल जेल चलान

1.16K
shares

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा मुछिएका सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवै जनालाई थुनामा पठाउने निर्णय गरेको हो। थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो।  प्रहरीले दिपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो।