गृहपृष्ठ गृहमन्त्रीद्वारा माइतीघरमा धर्नारत पीडितहरूसँग भेट, समस्याको समाधान खोज्ने प्रतिबद्धता
गृहमन्त्रीद्वारा माइतीघरमा धर्नारत पीडितहरूसँग भेट, समस्याको समाधान खोज्ने प्रतिबद्धता
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलामा धर्ना दिइरहेका विभिन्न पीडित पक्षहरूसँग भेटघाट गरेका छन्। लामो समयदेखि विभिन्न माग राख्दै आन्दोलनरत पीडितहरूको अवस्था बुझ्न गृहमन्त्री स्वयं माइतीघर पुगेका हुन्।
भेटका क्रममा गृहमन्त्री गुरुङले पीडितहरूले भोगिरहेका समस्यालाई राज्यले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै उनीहरूको न्याय सुनिश्चित गर्न आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे। उनले धर्नामा बसेकाहरूको धैर्यताको प्रशंसा गर्दै राज्य उनीहरूको साथमा रहेको बताए।
“तपाईंहरूको समस्या समाधानका लागि सरकार संवेदनशील छ। उचित समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ,” गृहमन्त्री गुरुङले बताएका थिए।
धर्नामा सहभागी पीडितहरूले भने लामो समयदेखि आफ्ना मागहरू सम्बोधन नभएको गुनासो दोहोर्याएका छन्। उनीहरूले तत्काल सुनुवाइ र ठोस कदमको माग गरेका छन्।
सरकार र आन्दोलनरत पक्षबीच संवाद अघि बढेसँगै समस्या समाधानतर्फ सकारात्मक संकेत देखिएको जनाइएको छ।
प्रकाशित समय : १७:४० बजे



















