global ime bank Long Banner Ad

गृहपृष्ठ सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सेनेटरी भेण्डिङ्ग मेशिन सञ्चालन

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सेनेटरी भेण्डिङ्ग मेशिन सञ्चालन

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सेनेटरी भेण्डिङ्ग मेशिन सञ्चालन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सेनेटरी भेण्डिङ्ग मेसिन सञ्चालनमा ल्याइएको छ। सशस्त्र प्रहरी परिवार महिला संघ र युक्ति फाउण्डेसनको सहकार्यमा उक्त मेसिन स्थापना गरिएको हो।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले जेठ २८ गते मेसिनको उद्घाटन गरेकी हुन्। महिला कर्मचारीहरूको सहजता तथा नियमित स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यो व्यवस्था गरिएको संघले जनाएको छ।

उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक, युक्ति फाउण्डेसनका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यो पहलले संस्थाभित्र कार्यरत महिला कर्मचारीको स्वास्थ्य सुविधा र सहजतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय : १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु