global ime bank Long Banner Ad

गृहपृष्ठ असार अन्त्यसँगै घोराही सिमेन्टको ठूलो परिमाणको सेयर कारोबारयोग्य बन्दै

असार अन्त्यसँगै घोराही सिमेन्टको ठूलो परिमाणको सेयर कारोबारयोग्य बन्दै

असार अन्त्यसँगै घोराही सिमेन्टको ठूलो परिमाणको सेयर कारोबारयोग्य बन्दै

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको ४ करोडभन्दा बढी कित्ता सेयर आगामी असारको अन्तिम दिनदेखि लक–इन मुक्त हुने भएको छ। कम्पनीका अनुसार असार ३१ गतेबाट कुल ४ करोड ३ लाख १८ हजार १११ कित्ता सेयरको रोक्का अवधि समाप्त हुने तयारीमा रहेको छ।

लक–इन अवधि सकिन लागेका सेयरमध्ये अधिकांश हिस्सा संस्थापक समूहको स्वामित्वमा रहेको छ। तथ्यांकअनुसार संस्थापक सेयरधनीसँग रहेको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता सेयरको रोक्का अवधि अन्त्य हुनेछ। त्यसैगरी, उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई वितरण गरिएको २४ हजार ७०५ कित्ता तथा कर्मचारीका लागि छुट्याइएको ९७ हजार ७७२ कित्ता सेयर पनि सोही मितिबाट फुकुवा हुनेछन्।

यद्यपि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेका कर्मचारीको नाममा रहेको सेयर भने प्रचलित नियमअनुसार तत्काल कारोबारका लागि खुला नहुने कम्पनीले स्पष्ट पारेको छ। उनीहरूको सेयरमा नियामकीय व्यवस्था बमोजिम रोक्का कायम रहने जनाइएको छ।

प्रकाशित समय : ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु