गृहपृष्ठ आगामी आइतवार परराष्ट्र मन्त्री चीन जाने
आगामी आइतवार परराष्ट्र मन्त्री चीन जाने
काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनाल उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने भएका छन् । परराष्ट्रमन्त्री खनालले आगामी जुन १४–१७ सम्मको चार दिने चीन भ्रमण गर्ने तय भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी आगामी आइतवार चीन जान लागेका हुन् । परराष्ट्र मन्त्री खनाल निकटका अनुसार चीन भ्रमणमा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । यो भ्रमणको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
प्रकाशित समय : ०८:३७ बजे



















