global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंमा एकै दिन ट्राफिक कारबाहीवाट २० लाख ८४ हजार संकलन

काठमाडौंमा एकै दिन ट्राफिक कारबाहीवाट २० लाख ८४ हजार संकलन

काठमाडौंमा एकै दिन ट्राफिक कारबाहीवाट २० लाख ८४ हजार संकलन

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन राज्यकोषमा २० लाख ८४ हजार राजस्व दाखिला गरेको छ ।

दुई हजार ५११ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गर्दा उक्त रकम राजश्व संकलन भएको हो ।

प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९३, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १६६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४२, निषेधित क्षेत्रमा हर्न बजाउने १६५, सडक पेटीमा सवारीसाधन पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२५ जनालाई कारबाही गरिएको हो ।

प्रकाशित समय : १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु