global ime bank Long Banner Ad

गृहपृष्ठ ‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर

‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर

‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर

दाङ । दाङको तुलसीपुरलाई क्षयरोगमुक्त बनाउनका लागि ‘एआई एक्स(रे’ मेसिनबाट सङ्क्रमित पहिचान गर्ने गरिएको छ । तुलसीपुरका १९ वटा वडामध्ये १७ वडामा ‘एआई एक्स-रे’बाट क्षयरोगका बिरामी खोजिएको फोकल पर्सन शिवप्रसाद तिवारीले बताए।

तुलसीपुरको २ र १३ नम्बरमा भने अझै त्यसरी बिरामी खोजिएको छैन । त्यो बाहेक अन्य १७ वडामा ‘एआई एक्स-रे’बाट बिरामी खोजिएको उनको भनाइ छ । विभिन्न शिविरमा उक्त मेसिन प्रयोग गरेर सङ्क्रमित खोज्ने गरिएको छ । जसले चिकित्सकलाई क्षयरोग पहिचान गराउन सहज भएको छ ।

“पहिले साधारण एक्स-रेबाट क्षयरोग पहिचान गर्ने गरिन्थ्यो,” उनले भने, “अहिले एआई एक्स-रेबाट रोग पहिचान गर्ने गरेका छौँ, त्यसले सहज बनाएको छ ।”

एआई एक्स-रेले साधारण माइक्रोस्कपी गर्दा पनि नदेखिएको क्षयरोगको सङ्क्रमण देखाउने गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए । उनका अनुसार एआई एक्स(रेमा सङ्क्रमण देखिएमा त्यसको पुष्टिका लागि पुनः ‘जीनएक्सपर्ट’ मेसिनमा परीक्षण गरिन्छ । यो सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको छ ।

“हामीले पहिले एआइएक्स(रे मेसिनबाट हेर्छौँ, त्यसपछि जीनएक्सपर्ट मेसिनमा परीक्षण गरेपछि पोजेटिभ देखिएमा उपचार सुरु गर्छौँ”, शाखा प्रमुख न्यौपानेले भने, “यसरी हामीले सङ्क्रमित पहिचान गरी उपचार गर्ने गरेका छौँ ।

सङ्क्रमितलाई ‘डटस्’ अर्थात प्रत्येक दिन निगरानी गरेर औषधि खुवाउने गरिएको छ । यसरी छ महिनासम्म प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने गरिएको शाखा प्रमुख न्यौपानेले बताए ।

तुलसीपुर उपमहानगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियानअन्तर्गत यसरी क्षयरोग सङ्क्रमितको पहिचान गरी उपचार गर्ने गरिएको छ । हाल उक्त कार्यक्रम दोस्रो वर्षमा सञ्चालित छ । आर्थिक वर्ष २०८१/८२ देखि तुलसीपुरमा उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।

तुलसीपुर उपमहानगरपालिकाले ९७ प्रतिशत सङ्क्रमितलाई उपचार गरिसकेको प्रमुख न्यौपानेले बताउनुभयो । चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म तुलसीपुरमा ३५५ जना सङ्क्रमित पहिचान गरिएको छ । १५ वर्ष मुनीका ३४ जना र १५ वर्ष माथिका ३२१ जनामा क्षयरोग सङ्क्रमण भएको पुष्टि भएको छ । प्रत्येक एक लाखमा २२७ जनामा क्षयरोग सङ्क्रमण देखिएको उनको भनाइ छ । हाल तुलसीपुरमा १३ डट्स केन्द्र, चार स्थानमा टीवी माइक्रोस्कपी लागु गरिएको छ ।

प्रकाशित समय : ०५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु