global ime bank Long Banner Ad

गृहपृष्ठ सन्तुलित परराष्ट्र सम्बन्धलाई सुदृढ गर्दै आर्थिक समृद्धिका लागि सौम्य शक्ति प्रभावकारी परिचालन गरिने

सन्तुलित परराष्ट्र सम्बन्धलाई सुदृढ गर्दै आर्थिक समृद्धिका लागि सौम्य शक्ति प्रभावकारी परिचालन गरिने

सन्तुलित परराष्ट्र सम्बन्धलाई सुदृढ गर्दै आर्थिक समृद्धिका लागि सौम्य शक्ति प्रभावकारी परिचालन गरिने

काठमाडौँ । नेपाल सरकारले सौम्य शक्ति, राष्ट्रिय आत्मसम्मान तथा सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्धलाई सुदृढ गर्दै आर्थिक समृद्धिका लागि सौम्य शक्तिको प्रभावकारी परिचालन गर्ने भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८३/८४ वार्षिक आयव्यय प्रस्तुत गर्दै आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोगमार्फत नेपालको अन्तरराष्ट्रिय उपस्थिति, विश्वसनीयता तथा प्रभाव विस्तार गरिने उल्लेख गरे।

संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा नेपालको भूमिका थप सशक्त बनाइने उनले बताए । आगामी आवमा क्षेत्रीय सन्निकटता तथा सहकार्य अभिवृद्धिका लागि सक्रिय र सन्तुलित कूटनीति अघि बढाइनेछ ।

अर्थमन्त्री डा वाग्लेले नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, हिमालय शृङ्खला, योग तथा ध्यान परम्परा, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि तथा अन्तरराष्ट्रिय शान्ति मिसनमा नेपालको योगदानजस्ता विषयको उन्नत प्रचार–प्रसार गरिने बताए।

विदेशस्थित नेपाली नियोगहरूको सशक्तीकरण गर्दै निर्यात क्षमता विस्तार, द्विपक्षीय व्यापार वृद्धि, लगानी आकर्षण तथा पर्यटन प्रवद्र्धनका लागि आर्थिक कूटनीतिलाई थप सबल बनाइने आगामी आवको बजेटमा उल्लेख छ ।

संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकतासम्बन्धी प्रावधानलाई समसामयिक आवश्यकताअनुरूप परिमार्जन गर्दै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारालाई मूर्त रूप दिइने उनले जानकारी दिए । गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गरी राष्ट्रनिर्माणको मूल प्रवाहमा समावेश गरिनेछ ।

सरकारले बजेटमार्फत विदेशमा रहेका नेपालीको लगानी, सीप, ज्ञान तथा सञ्जाललाई राष्ट्रिय विकासमा उपयोग गर्न बैङ्किङ, लगानी, सम्पत्ति व्यवस्थापन तथा सेवा प्रवाहसम्बन्धी प्रक्रियालाई थप सरल, विश्वसनीय र प्रविधिमैत्री बनाउने भएको छ ।

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु