गृहपृष्ठ नेपाल वायु सेवालाई कम्पनीमा परिणत गर्ने सरकारको घोषणा
नेपाल वायु सेवालाई कम्पनीमा परिणत गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमनलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आथामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री डा. वाग्लेले भने, ‘नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ ।’यसैगरी सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेको छ । ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने अर्थमन्त्रीले बताए ।
प्रकाशित समय : १७:२९ बजे


















