गृहपृष्ठ एभरेस्ट ढोका उद्योगमा आगलागी
एभरेस्ट ढोका उद्योगमा आगलागी
खजुरा (बाँके) । नेपालगन्ज उपमहानगरपालिका(२१ नयाँ बस्तीस्थित एभरेस्ट काष्ठ ढोका उद्योगमा आगलागी भएको छ । आज दिउँसो करिब ३ः०० बजे भएको आगलागी अहिलेसम्म निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएको बारणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवराज थापाले बताए। उनका अनुसार आगलागीको कारण र क्षति विवरण अझै आएको छैन । काठ उद्योग भएकाले आगो नियन्त्रण गर्न निकै कठिनाइ भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रकाशित समय : १७:१६ बजे

















