global ime bank Long Banner Ad

गृहपृष्ठ गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्दै सिंह

गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्दै सिंह

गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्दै सिंह

हेन्द्रनगर (कञ्चनपुर) जिल्लाको भीमदत्त नगरपालिका१९ बागफाँटाका ३९ वर्षीय महेशबहादुर सिंह व्यावसायिक गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बनेका छन । पाँच वर्षअघिसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राजनीतिमा सक्रिय रहेका उनको परिचय पछिल्लो समय फेरिएको छ । छोटो समयमा उनि जैविक मल उत्पादन गर्ने किसानमा अग्रस्थानमा छन ।

राजनीतिप्रतिको वितृष्णा र राजनीतिभित्रको गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिबाट टाढिएको बताउँदै सिंहले पछिल्लो समय गाउँमा कृषि र उत्पादनमूलक क्षेत्रमा जोडिएर जीविकोपार्जनका विकल्प खोजिएको डेढ वर्षअघिदेखि बागफाँटामा जमिन भाडामा लिएर गड्यौलाको मल उत्पादनमा जुटेका उनले अहिले किसानका मागअनुसार मल पु¥याउन नसकिरहेको बताए

“धनगढी, डडेल्धुरा र स्थानीयस्तरमा गड्यौलाबाट बनेको मलको माग धेरै छ”, सिंहले भने “गड्यौलाको मलको प्रयोग खेतीबारीको उर्वरशक्ति बढ्नुका साथै त्यसबाट उत्पादन हुने खाद्यान्न प्रयोग स्वास्थ्यका लागि पनि फाइदाजनक मानिएको छ ।” उनका अनुसार रु १५ लाख लगानी गरेर मल उत्पादनमा लाग्न सकिन्छ भने युवाका लागि मल उत्पादन रोजगारीको क्षेत्र बन्न सक्छ ।

“अहिले टनको हिसाबले मल उत्पादन गरेर किसानको माग पूरा गरिरहेको छु”, सिंहले भने “विस्तार बढाउँदै मेट्रिकटनसम्म उत्पादन गर्ने लक्ष्य छ ।” प्रतिकिलो रु २५ देखि ३० मा मल बिक्री भइरहेको जनाउँदै उनले केराखेती किसान, नर्सरी, कौसी तरकारी उत्पादन, फलफूल उत्पादन किसान मलका लागि धेरै आउने गरेका बताए ।

“गड्यौलाको मल प्रयोगले उत्पादन बढाउनुका साथै विषादीरहित उत्पादन हुन्छ”, उनले भने “यसपाली मात्रै १०० क्विन्टल बिक्री भइसक्यो ।” उत्पादिन मल किसानको खेतसम्ममै पु¥याउँदै आएको उनले जानकारी दिए ।

रसायनमुक्त समाज निर्माण र गौशाला व्यवस्थापनमा जोड दिँदै आएका सिंहले बजार क्षेत्रबाट २५–३० वटा छाडा पशु लगेर गौशालासमेत सञ्चालन गरिरहेको छ न। “छाडा चौपायाबाट मल उत्पादन हुन्छ, उक्त मललाई पनि उचित व्यवस्थापन गर्दै आएको छु”, सिंहले भने “गौशाला सञ्चालन समाजमा केही सुधारका काम आफैँबाट गरौँ भने लागेर यो प्रयास थालेको हो ।”

आठ कट्ठा जमिन भाडामा लिएर वार्षिक रु ३० हजार तिर्ने गरेको सिंहले जानकारी दिए । “गहुँतबाट अघ्र्य र गोबरबाट दाउरा, धूप, दियो उत्पादन गर्ने लक्ष्य पनि छ”, उनले भने “गड्यौलाको मलले माटोको उपचारसँगै उर्वराशक्ति बढाउछ ।” धान जोन कार्यक्रमअन्तर्गत गड्यौला मल उत्पादन तालिम लिएका सिंहले कृषिमा लाग्ने युवालाई सरकारले अनुदानसहित आवश्यक प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

कञ्चनपुरमा केही स्थानमा मात्रै गड्यौला मल उत्पादन हुने गरेको छ । रासायनिक मलभन्दा जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताउँदै उनले रासायनिक मलले माटोको उर्वराशक्तिमा ह्रास ल्याउने र उत्पादन घट्दै जाने दाबी गरे ।

कञ्चनपुरमा सुरुआती चरणमा रहेको गड्यौला मल उत्पादनलाई विस्तार गर्दै लैजानुपर्नेमा सिंहको जोड छ । “यस प्रकारका उत्पादन र व्यवसायमा लाग्नेप्रति लक्षित कार्यक्रम स्थानीय तहले पनि ल्याउन आवश्यक छ”, उनले भने “कृषि प्रदान मुलुकमा किसान जहिल्यै पीडित हुनु हुँदैन । किसानलाई राहत, अनुदानलगायत कार्यक्रममार्फत सहज र प्रााविधिक कृषिमा प्ररित गर्नु जरुरी छ ।”

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु