global ime bank Long Banner Ad

गृहपृष्ठ अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको बिदाइ गरेको छ ।

आज भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम जोशी र जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले भारतको उत्तराखण्डमा सञ्चालन हुने ४२ औँ अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको बिदाइ गरेका हुन् ।

नेपाली टोलीमा कप्तान अनिलकुमार साहको नेतृत्वमा टोली गड्डाचौकी नाका भएर भारत प्रस्थान गरेको छ । टोलीमा मयन यादव, तृत राज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल छन् ।

नेपालले आगामी मे ३० मा केरलासँग पहिलो खेल खेल्नेछ । त्यसपछि नेपालले मे ३१ मा गोवा र जुन २ मा ओडिसासँग खेल्नेछ । प्रतियोगिताको क्वार्टरफाइनल जुन ४ मा, सेमिफाइनल जुन ६ मा र फाइनल जुन ७ मा हुनेछ ।

नेपाल ‘ए’ का प्रशिक्षक राजु बस्न्यातले नेपाली टोली उत्तराखण्डमा गएर भारतका विभिन्न राज्यका टिमसँग खेल खेल्ने बताए । “यो भारतको प्रतिष्ठित प्रतियोगिता हो । यसले हाम्रा खेलाडीमा सकारात्मक उर्जा विकास गर्ने विश्वास छ”, उनले भने, “नेपाली खेलाडीले यहाँ खेल्न पाउँदा मनोबल बढ्ने र अनुभवका हिसाबले फलदायी हुनेछ ।”

प्रकाशित समय : १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु