global ime bank Long Banner Ad

गृहपृष्ठ आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदै

आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदै

आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदै

काठमाडौँ । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा जेठ १७ गतेदेखि काठमाडौँमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने भएको छ।

महासंघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ १७, १८ र १९ गते काठमाडौँस्थित चलचित्र विकास बोर्डमा आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गर्ने जनाएको हो।

महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एनाइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक सागर केरुङले जानकारी दिए।

महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने उनले बताए।

महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको एक सशक्त उदीयमान केन्द्रका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ता तथा समुदायबीच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास आयोजकको छ।

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु