global ime bank Long Banner Ad

गृहपृष्ठ उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्धको विविध विषयमा विचार विमर्श भएको थियो ।

भेटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिइने बताएका थिए ।

सो क्रममा राजदूत सङ्ले उपराष्ट्रपतिको कार्यकाल सफलताको कामना गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु