global ime bank Long Banner Ad

गृहपृष्ठ तालिम लिइरहेका आठ जना सशस्त्र प्रहरी जवान बेहोस्

तालिम लिइरहेका आठ जना सशस्त्र प्रहरी जवान बेहोस्

तालिम लिइरहेका आठ जना सशस्त्र प्रहरी जवान बेहोस्

धनगढी । कैलालीमा सशस्त्र प्रहरीकाे तालिम लिइरहेका आठ जना जवान बेहोस् भएका छन् ।
राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत आठ जना सशस्त्रका जवान शुक्रबार बिहान दौड्ने क्रममा बेहोस् भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बिहान ९ बजेतिर उनीहरु बेहोस् भएको जानकारी दिए ।

उनका अनुसार बेहोस् हुनेमा तालिमरत जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।
उनीहरुलाई तत्काल टीकापुर अस्पताल लगेर अक्सिजन दिइएको थियो भने नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । अत्याधिक गर्मीका कारण प्रशिक्षार्थीलाई असहज भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु