global ime bank Long Banner Ad

गृहपृष्ठ प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ ।सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको स्पष्ट गरेका छन । प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री डा तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रतताप्रति प्रतिबद्ध रहेको बताए ।

“प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो । आज, भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वछन्दता भने हुँदैन । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ”, मन्त्री डा तिमिल्सिनाले भने “प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु ।”

उनले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री डा तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा आफ्नो मन्त्रालयसँग सम्बन्धित सुझाव र प्रश्नलाई मनन् गर्ने विश्वास दिलाए ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु