गृहपृष्ठ अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते
अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते
पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा सोमबार आएको शक्तिशाली आँधीका कारण एउटा घर भत्किदा एक जना महिला र एक जना बच्चासहित तीन जनाको मृत्यु भएको र अर्को एक जना गम्भीर घाइते भएको प्रान्तीय सरकारले मङ्गलबार जनाएको छ ।
अचिन जिल्लाको अब्दुलखैल क्षेत्रमा उक्त दुर्घटना भएको जनाइएको छ । सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले भत्केर क्षति ग्रस्त घरको भग्नावशेष बाट पीडितको शव बरामद गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ । एक जना १० वर्षीया बालिकालाई भग्नावशेषबाट जीवितै बाहिर निकालि तत्काल उपचारका लागि नजिकैको अस्पतालमा सारिएको उल्लेख गरिएको छ ।
अफगानिस्तानमा मौसमी प्रकोपको बिचमा आँधी आएको जनाइएको छ । आधिकारिक तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्रै आएको भारी वर्षा, आकस्मिक बाढी र तिव्र आँधीबेहरीले खफगानिस्तानमा २०० भन्दा बढीको ज्यान लिएको छ । जस मध्ये धेरै महिला तथा बालबालिका भएको जनाइएको छ भने २५० भन्दा बढी घाइते भएका छन् ।
रासस
प्रकाशित समय : १५:१३ बजे



















