global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभामा बैठक स्थगित

प्रतिनिधिसभामा बैठक स्थगित

प्रतिनिधिसभामा बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग गर्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुँदा अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताउदेै अर्थमन्त्री उपस्थित हुनैपर्ने अडान राखेपछि सभामुख डोलप्रसाद अर्यालले त्यसबारे अर्थमन्त्रीलाई खबर पठाइसकेको जानकारी दिय । उनले अर्थमन्त्री नआइपुगुञ्जेलसम्म आफ्नो धारणा राख्न सांसद राईलाई आग्रह गरेका थिय ।

सांसद राईले आफ्नो मन्तव्य राख्न अस्वीकार गरे सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेै ।आजको बैठकमा आर्थिक वर्ष २०८३र८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक छलफल जारी रहेको छ ।

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु