गृहपृष्ठ बाजुरामा बेपत्ता महिला मृत फेला
बाजुरामा बेपत्ता महिला मृत फेला
जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा (शाही) बेपत्ता भएको करिब १० दिन पछि मृत भेटिएकी हुन् ।
श्रीमान् सँग झैँ-झगडा भई २०८३ वैशाख २६ गते घर बाट माइतीघर जान्छु भनी गएकी शाही माइतीघर पनि नगई बेपत्ता भएकी थिइन् । आफन्त छर छिमेकमा खोजतलास गर्दा फेला नपरेपछि उनका दाइ नर बहादुर बुढाले हुलिया सहित प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आज मंगलबार बिहान कालिकोटको त्रिवेणी गाउँपालिका २ आमतडा स्थित कर्णाली नदिको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए ।
उनका अनुसार, अहिले घटनास्थलमा प्रहरी चौकी सान्नी कालिकोटबाट प्रहरी टोली खटिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रकाशित समय : १४:१७ बजे



















