global ime bank Long Banner Ad

गृहपृष्ठ मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकालले स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरका निजी तथा सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी न्यूनतम पारिश्रमिक र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको जानकारी गराइन् । उनले स्वास्थ्य मन्त्रालयले पटक पटक निर्देशन दिए पनि धेरै अस्पतालले सरकारी मापदण्डअनुसार पारिश्रमिक उपलब्ध नगराएको बताइन् ।

सांसद ढकालले प्रश्न गर्दै भनिन्, ‘जसले नागरिकको जीवन बचाउने जिम्मेवारी वहन गरेका छन्, तिनै स्वास्थ्यकर्मी असुरक्षित र असन्तुष्ट अवस्थामा हुँदा गुणस्तरीय स्वास्थ्य सेवा कसरी सम्भव हुन्छ ?’

उनले पछिल्लो समय स्वास्थ्य सेवा खस्किँदै गएको टिप्पणी गर्दै समयमै उपचार र आवश्यक दबाब नपुग्दा दुर्घटनाका घटना बढिरहेको बताइन् । बिरामी र आफन्त गुनासो गर्न बाध्य भएको उल्लेख गर्दै उनले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको आरोप लगाइन् ।

उनले भनिन् ‘देशभरका निजि तथा सामुदायिक अस्पतालमा स्वास्थ्य कर्मि न्युनतम पारीश्रर्मिक र सुरक्षितकार्य बातावरणको माग गदै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयको पटक पटक निर्देशन दिदा समेत धेरै अस्पतालले सरकारी मापदण्ड अनुसार पारीश्रमि दिएका छैनन् । प्रश्न उठ्छ जस्ले नागरिको जीवन बचाउने जिम्मा लिएका छन् । तिनै स्वास्थ्य कर्मि असुरक्षित अवस्थामा हुँदा गुणस्तरीय स्वास्थ्य निर्माण कसरी सम्भव हुन्छ ।’

उनले थपिन ‘स्वास्थ्य सेवा खस्किदै गएको छ । समयमै प्रेसचर नहुँदा दुर्घटना बढ्दै गएका छन् । विरामि र आफन्तहरु गुनासो गर्न बाध्य छन् । सविंधानले सुनिश्चत गरेको स्वास्थ्यको मौलिक हक किन लागु हुन सकेको छैन ।

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु