गृहपृष्ठ लित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न ध्यानाकर्षण
लित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न ध्यानाकर्षण
काठमाडौं । सांसद नीता घतानीले दलित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले माइतीघर मण्डलामा दिपा नेपाली ३१ दिनदेखि सत्याग्रह बसिरहेको उल्लेख गर्दै यो केवल कोठाको विषय मात्र नभई दलित समुदायमाथि वर्षौंदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिस्कार माथि उठेको समाजको यथार्थ रहेको बताइन् ।
उनले भनिन्, ‘दिपा नेपाली माइतीघर मण्डलामा सत्याग्रह वा धर्ना बसेको आज ३१ दिन हुँदैछ । यो कोठको विषय मात्र होइन यो दलित समुदायमाथि वषौंदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिस्कार हो ।’
उनले राज्यमा दलित समुदायका लागि अवसर, सम्मान र पहुँच अझै खाली रहेको यथार्थ प्रश्न रहेको बताइन् ।
‘राज्यमा दलित समुदायको लागि अवसर, सम्मान र समान पहुँच अझै छैन् । हामीले संविधानमा समानता, सामाजिक न्याय, दलितको हकको विषय राख्यौ छुवाछुत राष्ट्रमुक्त घोषणा पनि गर्यौं तर व्यवहारमा अझै फरक देखिन्छ,’ उनले भनिन् ।
उनले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिए पनि समाजमा अझै फरक व्यवहार नदेखिएको बताइन् ।
प्रकाशित समय : १२:३० बजे



















