गृहपृष्ठ प्रतिनिधिसभा: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
प्रतिनिधिसभा: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
काठमाडौँ ।प्रतिनिधिसभाको भोलि (मङ्गलबार)को बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहनेछ ।
सो प्रस्तावमा आजदेखि सुरु भएको छलफलमा सदस्यहरूको बोल्ने क्रम आगामी बैठकमा पनि जारी रहने सभामुख डोलप्रसाद अर्यालले अवगत गराएका हृन ।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिय । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री वाग्लेले जवाफ दिनेछन।
सभाको अर्को बैठक यही जेठ ५ गते मङ्गबार बिहान ११ बजे बस्नेछ ।
प्रकाशित समय : १८:४४ बजे



















