global ime bank Long Banner Ad

गृहपृष्ठ रौतहटमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रौतहटमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रौतहटमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रौतहट । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी चौकमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कोप्वाबाट फतुवातर्फ जाँदै गरेको म.प्र.०५–००१प ०१८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक बारागढी गाउँपालिका–३ मुर्कीपालियाका २२ वर्षीय मुकेश मुखियाको उपचारका क्रममा मृत्यु भएको छ ।
अनुहार र टाउकोमा गम्भीर चोट लागेका मुखियालाई उपचारका लागि वीरगञ्जस्थित मेट्रो सिटी अस्पताल लगिएकोमा सोमबार अपराह्न करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदिप बस्यालका अनुसार सो दुर्घटनामा मोटरसाइकलमा सवार राजपुर नगरपालिका–२ निवासी रामजी मुखियाका छोराहरू १० वर्षीय शिवजी मुखिया र ८ वर्षीय सुजित मुखिया घाइते भएका छन् ।
घाइते दुवै बालकको शरीरका विभिन्न भागमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको उनले जानकारी दिए । घाइतेहरूको पनि मेट्रो सिटी अस्पताल वीरगञ्जमै उपचार भइरहेको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय कोप्वापिपरियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित समय : १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु