global ime bank Long Banner Ad

गृहपृष्ठ दक्ष ईन्टरनेशनलद्वारा ‘ग्लोबल स्टार अवार्ड–२०२६’ सम्पन्न, विभिन्न क्षेत्रका स्रष्टा सम्मानित

दक्ष ईन्टरनेशनलद्वारा ‘ग्लोबल स्टार अवार्ड–२०२६’ सम्पन्न, विभिन्न क्षेत्रका स्रष्टा सम्मानित

दक्ष ईन्टरनेशनलद्वारा ‘ग्लोबल स्टार अवार्ड–२०२६’ सम्पन्न, विभिन्न क्षेत्रका स्रष्टा सम्मानित

काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा दोस्रो संस्करणको “ग्लोबल स्टार अवार्ड–२०२६” राजधानीको सुकेधारास्थित होटेल मक्र्युरमा भव्य रूपमा सम्पन्न भएको छ ।

कला, संगीत, पत्रकारिता, समाजसेवा, उद्यमशीलता, सौन्दर्य, फेसन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई समारोहमा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मानबाट उर्मिला श्रेष्ठ सम्मानित हुनुभयो भने वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई “चलचित्र इतिहासकी अमर प्रेरणा तथा दिग्गज अभिनेत्री सम्मान–२०२६” प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई “लोकसंगीत, सञ्चार र साहित्यका जीवित दिग्गज अति विशिष्ट सम्मान–२०२६” प्रदान गरिएको आयोजकले जनाएको छ ।

वरिष्ठ गायिका सुनिता लुइटेल “संगीतमा समर्पित सर्वोत्कृष्ट साधक तथा जीवित धरोहर सम्मान–२०२६” बाट सम्मानित हुनुभयो भने भजन गायक रेशम सापकोटाले “संगीत रत्न सम्मान” प्राप्त गरे ।

पत्रकारिता क्षेत्रका अखण्ड भण्डारी, कल्पना शर्मा, वीरेन्द्र जैरु, खेमबहादुर बम तथा उदयराज शर्मालाई “पत्रकारिता विशेष सम्मान” प्रदान गरिएको थियो । साथै कला, सञ्चार, स्वास्थ्य, फेसन, उद्यमशीलता तथा समाजसेवाका क्षेत्रमा सक्रिय विभिन्न व्यक्तित्वहरूलाई “ग्लोबल स्टार सम्मान–२०२६” प्रदान गरिएको थियो ।

समारोहमा प्रमुख अतिथिका रूपमा अभिनेता निर शाह तथा विशेष अतिथिका रूपमा हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ सहभागी थिए । पूर्व उपसभामुख इन्दिरा राना मगर, पूर्वसचिव भीम उपाध्याय, गायक आनन्द कार्की, गायिका देविका बन्दना, वरिष्ठ पत्रकार विदुर गिरी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम निर्देशक राजेन्द्र लुइटेलले “ग्लोबल स्टार अवार्ड” ले विभिन्न क्षेत्रमा योगदान पु-याइरहेका प्रतिभाशाली व्यक्तित्वलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्य राखेको बताए । आयोजक समितिका अध्यक्ष तथा सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक रूपमा कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

आयोजकका अनुसार कला, संस्कृति, सञ्चार, शिक्षा, स्वास्थ्य, सौन्दर्य तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मानित गर्दै कार्यक्रम सभ्य र व्यवस्थित रूपमा सम्पन्न गरिएको हो ।

प्रकाशित समय : ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु