global ime bank Long Banner Ad

गृहपृष्ठ कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान

काठमाडौं । कान्स फिल्म फेस्टिभलको ७९औँ शृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा भाग लिन गएको हो । फेस्टिभलका विभिन्न सत्रका कार्यक्रममा भाग लिएर उनी ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले कार्यवाहक प्रमुख डंगोललाई पठाउनुभएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ ।’

यस वर्ष फेस्टिभलका लागि नेपालबाट अविनाश विक्रम शाहको इलिफेन्ट इन द फग चलचित्र प्रदर्शन हुँदैछ ।

राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)बाट वि.सं. २०८० कार्तिक १४ गते काठमाडौँ महानगरपालिका चलचित्र सहर सञ्जालको सदस्य नगरका रूपमा चयन भएको हो । यो वर्ष विश्वका ५५ वटा नगरलाई विभिन्न विधाका रचनात्मक सहरका रूपमा थप नाम सार्वजनिक गरियो ।

यही बेला काठमाडौँ महानगरसहित विश्वका २६ वटा नगर चलचित्र विधाबाट सदस्य भए । रचनात्मक सहरको विश्व सहर सञ्जालमा १ सय भन्दा धेरै देशका ४ सय वटा सहरहरू आबद्ध छन् ।

रचनात्मक उद्योगमा चलचित्र, संगीत, डिजाइन, शिल्प तथा लोक कला, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला लगायत विधामा सदस्यता प्रदान हुने गरेको छ ।

प्रकाशित समय : ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु