global ime bank Long Banner Ad

गृहपृष्ठ निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन् । वडा कार्यालयद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श, औषधि वितरण तथा रगत परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । उपचारका लागि आउनेमध्ये करिब ९८ प्रतिशत महिला थिए ।

आधारभूत स्वास्थ्य चौकी वन समितिका प्रमुख हरिनाथका अनुसार शिविरमा ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकामा सात जना शङ्कास्पद बिरामी फेला परेका छन् । १०२ जनाको उच्च रक्तचाप परीक्षण तथा ११० जनाको मधुमेह परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३५ जनामा उच्च रक्तचापको समस्या देखिएको छ ।

तल्लो पेट दुख्ने समस्या लिएर शिविरमा पुगेका दुई महिलामा पाठेघर खसेको समस्यासमेत फेला परेको जनाइएको छ । वडाध्यक्ष चक्रबहादुर खडकाले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनले समयमै स्वास्थ्य परीक्षण र उपचारको पहुँच विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गरे ।

शिविरमा स्त्रीरोगसम्बन्धी सेवा, पाठेघरको मुखको क्यान्सर जाँच, उच्च रक्तचापसम्बन्धी सेवा, सुगरसम्बन्धी सेवा र दम खोकीसम्बन्धी सेवा प्रदान गरिएका थिए । वडा कार्यालयले प्रत्येक वर्ष स्वास्थ्य शिविर तथा आँखा उपचार शिविर आयोजना गरी स्थानीय नागरिकलाई निःशुल्क चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : ०५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु