global ime bank Long Banner Ad

गृहपृष्ठ स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो

स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो

स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट हालसम्ममा एक लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा लिएका छन् । कामपाको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा लिएका कामपाले जनाएको छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार ७३ हजार ५०४ जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको तुलनामा बढी भएको उनले जानकारी दिए । उनले भने “आव २०८०र८१ मा एक लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिएका थिय । आव २०८१र८२ मा एक लाख ९४ हजार १९३ जना कुल सेवाग्राहीमध्ये ओपिडी सेवा लिनेको सङ्ख्या ५९ हजार ५९ थियो ।” उनका अनुसार यस वर्ष करिब दुई लाख ४० हजार सेवाग्राहीले सेवा लिने आकलन गरिएको छ ।

केसीले भने “कामपाको कुल बजेटको तीन दशमलव नौ प्रतिशत स्वास्थ्य क्षेत्रका लागि विनियोजित छ ।” उनका अनुसार सुशासन र व्यवस्थापन क्षेत्रअन्तर्गत छ वटा उपक्षेत्र, ७५ वटा सूचक र ७६ मूल्याङ्कन अङ्कभार छ ।

क्लिनिकल सेवा व्यवस्थापन क्षेत्रअन्तर्गत नौ वटा उपक्षेत्र, १७५ वटा सूचक र २०८ अङ्कभार तथा स्वास्थ्य संस्था सहयोगी सेवा व्यवस्थापन क्षेत्रअन्तर्गत नौ वटा उपक्षेत्र, ८६ वटा सूचकको ९५ अङ्कभारमा मूल्याङ्कन गरिएको उहाँले जानकारी दिए । कामपाले हरेक वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ ।

उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्योपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन् । त्यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रणका कार्यक्रम सञ्चालनमा रहेकास्वास्थ्य विभागका प्रमुख केसीले जानकारी दिए ।

उनका अनुसार प्रवर्द्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, नसर्ने रोग नियन्त्रण, सचेतना महाअभियान, सरुवा रोग नियन्त्रणलगायत कार्यक्रम रहेका छन् ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु