गृहपृष्ठ मुक्कुमलुङ संरक्षण र केवलकार खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
मुक्कुमलुङ संरक्षण र केवलकार खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौंस्थित माइतीघर मण्डलामा पाथीभरास्थित मुन्धुमी स्थल मुक्कुमलुङ संरक्षण तथा केवलकार आयोजना खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ ।
मुक्कुमलुङ ताङ्से–चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले ‘मुन्धुमी स्थल मास्ने केवलकार चाहिँदैन’, ‘मुक्कुमलुङ/पाथीभरा केवलकार आयोजना सम्पूर्ण निर्माण कार्य तत्काल रोक’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनकारीहरूले मुक्कुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक तथा आदिवासी समुदायको आस्थासँग जोडिएको भन्दै प्राकृतिक तथा सांस्कृतिक सम्पदा जोगाउन केवलकार निर्माण रोक्न सरकारसँग माग गरेका छन् ।
प्रकाशित समय : १६:३२ बजे




















