गृहपृष्ठ दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण
दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
मंगलबार स्वर्गीय घिमिरेको योगदान र साहसिक यात्राप्रति सम्मान व्यक्त गर्दै विभिन्न सरोकारवालाको उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।
नेपाल पर्वतारोहण संघले नक्सालस्थित आफ्नो कार्यालय परिसरमा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सभामा स्वर्गीय विश्वकर्माको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
सगरमाथा क्षेत्रमा वैशाख २७ गते भएको निधनपछि उनको सम्मानमा आयोजित उक्त कार्यक्रममा पर्यटन क्षेत्रका प्रतिनिधि, आरोही, सामाजिक अभियन्ता, आफन्तजन तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उपस्थितहरूले घिमिरेले नेपाली पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदान र दलित समुदायबाट सगरमाथा आरोहण गरेर स्थापित गरेको ऐतिहासिक उपलब्धिको स्मरण गरेका थिए ।
श्रद्धाञ्जली सभापश्चात् नक्सालबाट शवयात्रा सुरु भई पशुपति आर्यघाटसम्म पुर्याई अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । शवयात्रामा सहभागी भई स्वर्गीय आत्माप्रति श्रद्धासुमन अर्पण गर्न सबै शुभेच्छुक, आफन्तजन तथा सर्वसाधारणलाई आग्रह गरिएको छ ।
प्रकाशित समय : १६:३० बजे




















